
काठमाण्डु, ६ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन ।
आज (बिहीबार) कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन ।
उनले भण्डारी जस्तै सक्षम बन्न महिला नेतृत्वलाई सुझाव दिएका हुन् । उनले भने, ‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ ।
नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ । विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् ।
त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु’ । उनले निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने आफ्नो पार्टीले हार्ने भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन ।
साथै कांग्रेसमा अन्तर्घातको रोग भएकाले यसबाट मुक्त गराउन महिलाको भूमिका आवश्यक रहेको उनले बताएका छन ।