जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ असार ६ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ६ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हु्न ।

उनले राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल सुरु गरीएको जानकारी दिएका छन । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको पनि बताएका छन । उनले भने, उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’

राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us