काठमाण्डु, ६ असार– पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
एक जना धरौटीमा रिहा भएका छन । हिजो बुधबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको थियो ।
अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई कारागार चलान गरीएको स्रोतले जानकारी दिएका छ ।
उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले जानकारी दिएका छन ।
त्यसैगरी पक्राउ मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर हिरा भएको उनले जानकारी दिएका छन । ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।