
काठमाण्डु, ५ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् ।
आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको छ । रिट खारेज भएसँगै एमाले नेता महेश बस्नेतले वैधानिकता पाएका छन् ।
०७९ मङ्सिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो । एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए ।
पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै ०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन ।