काठमाण्डु, ५ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुर गुठीको जग्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरुले मिलेर लुट मच्चाइरहेको दाबी गरेका छन ।
आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन । उनले जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको पनि बताएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद झाले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो ।
तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन्। त्यसमा सबै सरोकार साझेदारहरुको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’