संसदमा काँग्रेसको प्रश्नः एमालेको पार्टी सदस्य नवीकरणपछि विद्या भण्डारीले राज्यको सुविधा लिन मिल्छ ?

काठमाण्डु टुडे २०८१ असार ५ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, ५ असार– प्रमुख प्रतिपक्षी काँग्रेसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको विषयमा सरकारको धाराणा माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै काँग्रेस सांसद् रामहरि खतिवडाले त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । उनले पार्टी सदस्यता नवीकरण गरेको भए भण्डारीले पूर्वराष्ट्रपतिका हैसियतमा राज्यको सेवा सुविधा लिन पाउने कि नपाउने भन्ने प्रश्न गरे ।

‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्टपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’, उनले भने, ‘राज्यले त्योबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस् ।

संविधनमा के छ सरकारले जवाफ देओस् भनेर माग गर्न चाहन्छु ।’ भण्डारी ०७२ असोजमा संविधान जारी हुनुअघि एमाले उपाध्यक्ष थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us