स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८१ असार ५ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, ५ असार– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति पौडेललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पौडेलको स्वागतका लागि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल गएका थिए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) द्वारा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन राष्ट्रपति पौडेल गत २९ जेठमा जेनेभा प्रस्थान गरेका थिए । कार्यक्रमपछि राष्ट्रपति १ असारमा जर्मनी भ्रमणमा गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us