सभापति देउवाद्वारा अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति दुःख व्यक्त

काठमाण्डु टुडे २०८१ असार ४ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, ४ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाका तर्फबाट आज शोक विज्ञप्ति जारी गरी ५६ वर्षीय गच्छदारको यही असार ३ गते भएको निधनप्रति दुःख व्यक्त गरेका हुन ।

सभापति देउवाले स्व गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गरेका हुन ।

स्व. गच्छदारले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । गच्छदारको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको कांग्रेसले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us