काठमाण्डु, ४ असार– सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक जारी छ ।
समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिएका छन । ती सदस्यले भने ‘अहिले बैठक जारी छ’, ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने बताइएको छ ।
सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ ।