
काठमाण्डु, २८ साउन– अमेरिकाले थप १ सय ३० सदस्यीय सैनिक सल्लाहकारहरुको टोली हिंसाग्रस्त इराकको उत्तरी क्षेत्र इर्बिलमा पठाउने भएको छ ।
रक्षामन्त्री चक हेगलले उनीहरु सैन्य कारबाहीमा संलग्न नरहने र सादा पोशाकमा रहेर मानवीय सहायताका लागि सक्रिय रहने बताएका छन् ।
अमेरिकाले इराकमा सक्रिय ईस्लामिक स्टेट नामक विद्रोही समूहविरुद्ध सैन्य आक्रमण गर्दै आएको छ ।
यसैबीच इराकको सत्ता छोड्न लागेका प्रधानमन्त्री नुरी अल मल्लिकीले राजनीतिक विवादबाट टाढै रहन सेनालाई निर्देशन दिएका छन् ।
आफ्नो आधिकारिक वेबसाइटमा एक सन्देश प्रकाशित गर्दै मल्लिकीले देशको नेतृत्व परिर्वतनको विषयमा हात नहाल्न सेना तथा प्रहरीलाई निर्देशन दिएका हुन् ।