तिब्बतमा पर्यटक गाडी दुर्घटनामा ४४ को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २५ गते ३:३५ मा प्रकाशित

काठमाण्डु, २५ साउन– चीनको तिब्बतमा आन्तरिक पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ४४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अरु ११ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । सडकमा गुडिरहेको बर एउटा कार र ट्रकसँग ठोक्किएपछि उक्त दुर्घटना भएको थियो । बस सडकबाट तल खस्दा ४४ जनाकै घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार मृतक सबै चीनको पूर्वी इलाकाका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us