मैदानमा भिडे कलाकार र एमाले नेता

काठमाण्डु टुडे २०८० माघ २९ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, २९ माघ– प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू र कलाकारहरूबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको छ । आज सोमबार अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित खेल मैदानमा सो खेल आयोजना गरिएको हो ।

नेताहरूको टोलीको नेतृत्व उपमहासचिव प्रदीप ज्ञवाली र कलाकार टोलीको नेतृत्व अभिनेता धिरेन शाक्यले गरेका थिए । फुटबल खेलमा एमाले सचिव गोकर्ण विष्ट, नेताहरू अग्नि खरेल, महेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत सहभागी थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बल दिएर खेलको उद्घाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us