
काठमाण्डु, २३ साउन– अमेरिकी राष्ट्रपति बाराम ओवामाले इस्लामिक चरमपन्थी समूह स्लामिक स्टेटविरुद्धको सैन्य कारबाहीका लागि इराकलाई सघाउने घोषणा गरेका छन् ।
ओवामाले चरमपन्थी समूह इरबिल सहरबाट अगाडि बढेको अवस्थामा अमेरिका चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
इरबिलामा अमेरिकी वाणिज्य दूतावास र सैन्य सल्लाहकारको कार्यालय छ । कट्टरपन्थी इस्लामिक स्टेटले बिहीबार इसाई बहुल काराकुस सहर आफ्नो नियन्त्रणमा लिएपछि ओबामाको यस्तो प्रतिक्रिया आएको हो ।
उक्त सहरबाट हजारौं मानिस घरबार छाडेर भागेका छन् । उनले कट्टरपन्थी इस्लामिक समूहले त्यहाँ रहेका याजी समुदायलाई कत्लेआम गर्ने घोषणा गरेकामा आफूलाई असह्य भएको जनाएका छन् ।
सुन्नी चरमपन्थी समूहले गत जुनमा उत्तरी इराकबाट सिलसिलेबार आक्रमण सुरु गरेको थियो । उक्त समूह इराक र सिरियाको ठूलो हिस्सामा आफ्नो पकड जमाउन सफल भएको छ । कब्जा गरिएको स्थानमा उसले इस्लामिक राज्य घोषणा गरेको छ ।