हमासले बन्धक बनाएका तीन इजरायली आफ्नै सेनाको आक्रमणमा मारिए

काठमाण्डु टुडे २०८० मंसिर ३० गते १७:५२ मा प्रकाशित

एजेन्सी– प्यालेस्निटी अतिवादी समूह हमासले बन्धक बनाइराखेका तीन इजरायली नागरिकको आफ्नै सेनाको आक्रमणमा ज्यान गएको छ ।

उत्तरी गजाको शेजैया क्षेत्रमा हमाससँगको भिडन्तका क्रममा बन्धक अवस्थामा रहेका तीन इजरायली मारिएका हुन् । इजरायली सेनाले नै उक्त तत्य स्वीकार गरेको छ । व्यक्ति पहिचान गर्न नसक्दा बन्धक मारिएको सेनाले बताएको छ ।

इजरायली सेनाका प्रवक्ताले उक्त घटनाप्रति पश्चाताप गरिएको बताएका छन् । सेनाका अनुसार मारिनेमा इजरायी बन्धकहरु किबुत्ज केफरका योतम हइम, किबुत्ज निर अमका सामर तलल्का र किबुत्ज योतम हेमका एलन शाम्रिज छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले उक्त घटनालाई असह्य र दुःखद भनेका छन् ।

हमासले गत ७ अक्टोबरमा इजरायलमाथि आकस्मिक महला गरेको थियो । हमलापछि उनीहरुले २ सय ३९ जनालाई अपहरण गरी गाजा क्षेत्रमा लगेका थिए । सेनाले आफ्नै नागरिकको हत्या गरेको भन्दै इजरायलमा प्रदर्शन भएको छ ।

राजधानी तेल अविभस्थित सैनिक शिविर क्षेत्रमा प्लाकार्ड र मैनबत्ती बालेर प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले बाँकी बन्धकहरु पनि यही शैलीमा मारिन सक्ने भन्दै महाससँग वार्ता गरी उनीहरुलाई बन्धक मुक्त गर्न दबाब दिएका छन् ।

यसअघि एक सातासम्म भएको युद्धबिरामका क्रममा हमासले १ सय ३६ बन्धक मुक्त गरेको थियो । अझै १ सय बढी मानिस हमासको नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us