
एजेन्सी–राजतन्त्रको विरोध गरेको आरोपमा थाइल्याण्डको विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई जेल हालिएको छ ।
२९ वर्षीया रक्छनोकलाई राजतन्त्रको विरोध गरेको आरोपमा त्यहाँको फौजदारी अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । अदालतले श्रीनोकले कम्युटर अपराध ऐन उल्लंघन गरेको ठहर गरेको सिएनएनले जनाएको छ ।
तीन वर्षअघि श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाइएको समाचारमा उल्लेख गरिएको छ ।
श्रीनोकले २०२० मा कोभिड महामारीका समयमा खोप खरिदमा भएको भ्रगष्टाचारबारे पोष्ट गरेकी थिइन् । उनले खोप खरिदमा राजानिकट व्यक्तिको कम्पनीले आर्थिक अनियमितता गरेको भन्दै ट्वीट गरेकी थिइन् ।
श्रीनोकले जमानतमा छाड्न गरेको अपिल अदालतले स्वीकार गरेको छ ।