गगन थापाको प्रश्न: कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १६:३१ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकु थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको दाबी गरेका छन । आज आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताएका छन । महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताएका छन ।

उनले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् भन्दै प्रश्न समेत गरेका छन । महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us