उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १५:०१ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– उपप्रधान एव् रक्षामन्त्री पूर्णबहादुर खड्का आज आइतबार स्वदेश फर्किएका छन् । उनी घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किएका हुन ।

यही मङ्सिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us