दुम्सी मार्न आफैले बोकेको बन्दुक पड्किएर एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १३:२६ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– पाल्पामा जंगली पंक्षी दुम्सी मार्न जाने क्रममा आफैले बोकेको बन्दुक पड्किएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–४ मित्याल बस्ने ४८ वर्षीय डम्बरबहादुर सारु रहेका छन ।

गाङसिङ्डाँडामा शनिबार बेलुका दुम्सी मार्न खोज्दा स्थानीय सारुको बन्दुक पड्केर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाइते भएको सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।

घटनास्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एउटा झोला बरामद गरी थप अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us