
काठमाण्डु,२४ मंसिर– प्रहरीले नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा एकजना चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको छ । बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ रहेको उनले जानकारी दिएका छन । बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्स बाट सुन बरामद गरेको हो ।
रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना बिहीबार राति नै पक्राउ परेका थिए । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।