भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० मंसिर २३ गते १५:३४ मा प्रकाशित

kßf]bo dfljsf] xL/s dxf]T;j ;df/f]x
sf7df8f}F, @( kmfu’gM
k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;f]daf/ kßf]bo dWoflds ljBfnosf] xL/s dxf]T;j &&cf}F jflif{sf]T;j tyf cleefjs lbj; sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाण्डु, २३ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध सरकारले गरेका प्रयत्न र परिणाम पूर्ण नभएको बताएका छन ।

आज (शनिबार) भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाण्डुमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले भ्रष्टाचार निवारणका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएपनि परिणाम पूर्ण नभएको बताएका छन । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा हासिल भएका सकारात्मक परिणामले नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ, ‘यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन।’

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको र यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us