बसको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २२ गते २०:०७ मा प्रकाशित

मकवानपुर, २२ मंसिर– हेटौँडा उपमहागरपालिका–१५ रातोमाटेमा बसको ठक्करबाट महिलाको ज्यान गएको छ ।

ना४ख ९५२० नम्बरको बसले ना५३प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका–१२ की ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो ।
मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते भएका छन् ।

मकवानपुर प्रहरीका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार घाइते रायको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us