त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटकै भएको पुष्टि

काठमाण्डु टुडे २०८० मंसिर २२ गते १८:३० मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– हिजो बिहिबार राति त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको कार्यलयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us