अर्थतन्त्रमा हुँदै नभएको संकट देखाएर जनता आतंकित गर्ने काम गरे: प्रचण्ड

काठमाण्डु टुडे २०८० मंसिर २२ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा हुँदै नभएको संकट भनेर जनतालाई आतंकित बनाउने काम गरेको बताएका छन ।

आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम महत्वसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले मौद्रिक नीतिको समीक्षाले सबै भ्रम चिर्ने पनि बताएका छन ।

उनले अर्थतन्त्र दबाबमा भएपनि केही महिनाभित्र लयमा जाने बताएका छन । उनले सरकार, निजी क्षेत्र, विज्ञबाट समेत बिस्तारै अर्थतन्त्रले लय पक्रिने सकारात्मक संकेत देखा परेको बताएका छन ।

उनले भने, ‘केही नकारात्मक चिन्तन बोकेकाले हुँदै नभएको संकटलाई संकट–संकट भनेर जतालाई आतंकित गर्ने प्रयास गरेका छन् । अर्कोतर्फ सरकार, निजी क्षेत्र र विज्ञहरूबाट अर्थतन्त्रले बिस्तारै लय पक्रिन लागेको संकेत देखिएको बताउँदै आएका छन्’, प्रधानमन्त्रीले भने, ‘अझै अर्थतन्त्र केही दबाबमा रहेता पनि आत्तिनुपर्ने अवस्था छैन ।

बिस्तारै लयमा जाँदै छ । विदेशी मुद्रा संचिति बढ्दै गएको छ । रिमिट्यान्स वृद्धि हुँदै गएको छ । त्यसकारण अराजक नकारात्मक सोच भएकाहरूले भ्रम छर्ने काम गरेका छन् ।’त्यस्तै उनले राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us