पाथीभरा मन्दिर क्षेत्रमा हिमपात

काठमाण्डु टुडे २०८० मंसिर २१ गते २०:०७ मा प्रकाशित

ताप्लेजुङ, २१ मंसिर– वर्षासँगै ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

प्रसिद्ध पाथीभरा मन्दिरसहित उच्च क्षेत्रमा बिहीबार साँझ वर्षापछि हिमपात सुरु भएको हो । मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समिति सदस्य पृथ्वी पालुंवाले जानकारी दिए ।

पाथीभरामा यसअघि गत कात्तिकमा पनि हिमपात भएको थियो । हिमपातसँगै सो क्षेत्रमा अत्याधिक चिसो बढेको पालुंवाले बताए । हिउँदे बालीलाई राम्रो हुने भएपछि हिमपात भएकामा किसान खुसी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us