देशमा सरकार छ, काम लाग्ने छैन: केपी ओली

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको बताएका छन । आज बिहिबार एमालेको सङ्कल्प यात्राका क्रममा पर्वतको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले उनले सरकार काम बिगार्ने खालको भएको बताएका छन । उनले भने, ‘देशमा एउटा सरकार त छ । सरकार छ तर काम लाग्ने छैन । काम बिगार्ने छ, उत्तरबाट बाटो खोल्यौ । प्रयोग गर्ने आँट गर्दैन । हामी नक्सा छाप्यौँ। कार्यान्वयन गर्न सक्दैन ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश जाने बाटो दिए लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दिने सहमति गरेको गम्भीर आरोप ओलीले लगाए । उनले थपे, ‘बङ्गलादेश जाने बाटो दिए जमिन छोड्छौँ भन्छन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो । बङ्गलादेश जाने बाटो पाइसकेका छौँझ उनले थपे, ञबंगलादेश जाने बाटो पाए कालापानी, लिम्पियाधुरा सम्झौता गरेर छोड्दिन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ?

त्यो अधिकार कसले दियो रुझ सरकारले सहयोग लिने आँट गरेन । ’ एउटासँग लिन्छ । अर्कोले दिन्छु भन्छ, सहयोग लिन आँट गर्न सक्दैन,झ उनी भन्छन्, रकम दिन्छु भन्छ, ५७ अर्ब दिन्छु भनेको छ ।

चीन जाँदा व्यापारिक कम्पनीसँग घुमेर आए । सरकारबाट छुट्टी लिएर व्यापारिक कम्पनीसँग मिलेर बसे । त्यसपछि ३५ क्विन्टल सुन नेपाल आयो । त्यसपछि एक क्विन्टल आयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us