अमेरिकाको विश्वविद्यालयमा गोली चल्दा तीनको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २१ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालयमा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।

गोली चलेलगत्तै प्रहरीको जवाफी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । प्रहरीले बुधबार बिहान भएको घटनाबारे एक्समार्फत् जानकारी दिएको थियो । विश्वविद्यालयको बीम हल नजिकै भएका हो ।

यसअघि सन् २०१७ मा लसभेगासमा बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको थियो । घटनालाई ह्वाइट हाउसले नजिकबाट नियालिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us