
काठमाण्डु, २० मंसिर– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दर्ता गराएका हुन ।
रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद भएको भन्दै अुनसन्धानका लागि पनि आदेश भएको छ । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ ।
यो रिटमा उच्च अदालत पाटनले आगामी बिहीबारका लागि पेसी तोकीएको छ ।