ठूलो परिमाणमा अवैध सुन चाँदी र रकमसहित भारतीय पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर २० गते ८:४९ मा प्रकाशित

काभ्रे, २० मंसिर– स्रोत नखुलेका गरगहना र रकमसहित एक भारतीय नागरिक बनेपाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुते रहेको काभ्रे प्रहरीले जनाएको छ । उनी बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरामा बस्दै आएका थिए ।

ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बेच्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको डेरामा छापा मारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिउ ।

उनको साथबाट अवैध सुन २ सय ३५.९ ग्राम, चाँदी १ हजार ९ सय ज्ञ दशमलब २६ ग्राम, पाँच लाख ७६ हजार नेपाली र २२ हजार भारतीय रुपैयाँ बरामद गरिएको सुवेदीले बताए ।

प्रहरीका अुनसार उनको साथबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकका चेकबुक तथा दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us