
काठमाण्डु, १८ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन । आज सोमबार सुरु सचिवालय बैठकमा नेताहरु महाधिवेशन सार्न सहमत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
उनले भने, ‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभयो । मितिबारे भोलि निर्णय हुनेछ ।’ जाजरकोट भूकम्पका पीडितहरुको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरु सहमत भएको उनले बताएका छन ।
उनले भने, ‘महाधिवेशनमा पेश गरिने दस्तावेजहरु पनि तयार हुन बाँकी छ भने भूकम्प प्रभावित क्षेत्रका नेताहरुलाई अहिले सदस्यता नवीकरणमै समस्या छ’ । यस अधि एकीकृत समाजवादीले आगामी १४–१८ माघमा महाधिवेशन गर्ने गरी मिति तय गरेको थियो ।