ताप्लेजुङमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १८ गते ९:०६ मा प्रकाशित

ताप्लेजुङ, १८ मंसिर– ताप्लेजुङमा गएराति बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्र१–०१–००१ ज३४३७ नम्बरको बोलेरो गाडी सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा दुर्घटना हुँदा चालक फुङ्लिङ नगरपालिका–५ का ३० वर्षीय निशान लिम्बूको ज्यान गएको हो ।

ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक जाने क्रममा ओरालो बाटोमा अनियन्त्रित भई गाडी सडकको भित्तामा ठोक्किएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us