उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाण्डु टुडे २०८० मंसिर १८ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन खड्का घाना प्रस्थान गरेका हुन् ।
सम्मेलन घानाको राजधानी आक्रामा डिसेम्बर ५ देखि ६ सम्म हुँदैछ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट राष्ट्रसंघलाई गर्न सक्ने थप सहयोग तथा शान्ति स्थापनाकार्यका चुनौती र समाधानबारे छलफल हुने खड्काका प्रेस सल्लाहकार डिपी उपाध्यायले जानकारी दिए । खड्काले नेपालका तर्फबाट सम्मेनललाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका दौरानमा खड्काले राष्ट्र संघका उपमहासचिवहरु अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्स तथा विभिन्न मुलुकका रक्षामन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us