बागमती प्रदेशसभामा सर्वदलीय बैठक जारी

काठमाण्डु टुडे २०८० मंसिर १७ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– बागमती प्रदेश सभामा सर्वदलीय बैठक जारी छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा सर्वदलीय बैठक केहीबेर अधि सुरु भएको हो । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउन भएको छ ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका थिए । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us