भारतलाई उपयुक्त जवाफ दिएका छौंः पाकिस्तानी प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १७:०३ मा प्रकाशित

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शरीफले भारतद्वारा गरिएको आक्रमणको कडा प्रतिक्रिया स्वरूप पाकिस्तानले निर्णायक कारबाही गरेको प्रतिक्रिया दिएका छन् ।

शनिबार देशबासीका नाममा सम्बोधन गर्दै सरिफले पाकिस्तानले मिसाइल र ड्रोनमार्फत भारतीय सैन्य संरचनाहरूलाई निशाना बनाएको बताए ।

निर्दोष जनताको रगतको बदला तथा राष्ट्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले भारतको प्रतिकार गरिएको उनको भनाइ थियो ।

‘आजको दिन हाम्रो साहस र संकल्पको परिचायक हो । भारतले थालनी गरेको युद्धका जवाफ हामीले सशक्त रूपमा दिएका छौं’, उनले भनेका छन् ।

सरिफले दक्षिण एसियाको सुरक्षा अवस्था एकपटक फेरि अत्यन्तै संवेदनशील मोडमा पुगेको उल्लेख गरे ।
भारत र पाकिस्तानबीचको बढ्दो तनावले सीमावर्ती क्षेत्रमा अस्थिरता ल्याएको अवस्थामा प्रधानमन्त्री सरिफको यो भनाइ बाहिर आएको छ ।

पाकिस्तानले भारतीय वायुसेनाका विभिन्न अड्डाहरूमा आक्रमण गरेको छ । जम्मु–कश्मीर क्षेत्र तनावग्रस्त अवस्थामा छ ।

निरन्तरको विस्फोटपछि उक्त क्षेत्रबाट हजारौं मानिस विस्तापित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us