आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ: गगन थापा

काठमाण्डु टुडे २०८० मंसिर १६ गते १८:३० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुवान एक्लै लड्ने दाबी गरेका छन । आज शनिबार बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका छन । उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने रुसधैँ सोफामा बस्नु पर्ने हो र रु केही समय चकटीमा बसे पनि केही हुँदैन ।’ उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नु पर्ने पनि बताएका छन ।

उनले समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा समस्या आएको बताएका छन । उनले भने, ‘समानुपातिकमा कोही दाजु,कोही भाउजू भन्दा इमानदार नेता पछाडि परेका छन् ।’ उनले त्यो परिवर्तन गर्नु लागि पार्टी भित्र उम्मेदवार छनौट प्रक्रिया बदल्नु पर्ने बताएका छन ।

उनले नेपाली कांग्रेस भित्र इमानदार, सामाजिक व्यक्तिहरू धेरै रहे पनि त्यसलाई प्रयोग गरेर निर्वाचन जान नसकिएको स्वीकार गरेका छन । उनले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दे अब निराशभन्दा आशावादी हुँदै भएको बताएका छन । उनले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनु पर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us