
काठमाण्डु, १६ मंसिर–नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्नुपर्ने बताएका छन । उनले अबको नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने बताएका छन ।
आज (शनिबार) काठमाण्डुमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तर्विरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकको राजनीति नेताहरूले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरूलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्नुपर्ने बताएका छन ।
महासचिव भुसालले मार्क्सवादको झन्डा नेताहरूले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि मार्क्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताएका छन । उनले भने, ‘अहिले राजनीतिको जुन हावा चलेको छ ।
हावा चल्नुको केही खास कारण छन् । किनभने राजनीति हामीले नै बिगार्यौं । माथि गएकाले बिगार्यौं । यो क्रान्तिको झन्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरू ले नै हो, हाम्रा नेताहरूले नै हो ।
अब इतिहासमा यी नेताहरूलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दा खेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ ।’