
काठमाण्डु, १६ मंसिर– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन करारमा सञ्चालन गर्दा के होला भनी सुझाव माग गरेका छन । उनले आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ ‘बार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पनि सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिने गरी बार्षिक २० अर्ब भन्दा बढी दिन्छ भने managment contract (व्यवस्थापन करार) गरी सिंगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै सञ्चालन गर्दा कसो होला ?’ भन्दै प्रश्न पनि गरेका छन ।
मन्त्री किरातीका अनुसार हाल त्रिभुवन विमानस्थलले वार्षिक १२ अर्ब रुपैयाँ आम्दानी गरिरहेको छ । वार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी दिन्छ भने व्यवस्थापन करारमा दिन सकिने आशयमा सुझाव मागेका छन् ।