
काठमाण्डु, १५ मंसिर– राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको बताएका छन । आज शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले दलितहरुलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको पनि बताएका छन ।
अध्यक्ष विश्वकर्माले दलित समुदायले कानुन नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाइमा सत्यता नरहेको पनि बताएका छन । उनले दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताएका छन ।