मोटरसाइकल दुर्घटनामा आमाछोरीको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १४ गते १६:५० मा प्रकाशित

मकवानपुर, १४ मंसिर– मोटरसाइकल दुर्घटनामा मकवानपुरमा आमाछोरीको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सबार मकवानपुरगढी–२ कुर्लेपाखाकी ३४ वर्षीया रूपा स्याङतान र उनकी चार महिनाकी छोरीको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।

मोटरसाइकल चालक मृतक रुपाका श्रीमान ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते छन् । सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट खसेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us