मोदीसँग आएका जितबहादुरको घरमा प्रहरी सुरक्षा

काठमाण्डु टुडे २०७१ साउन २० गते १:३८ मा प्रकाशित

jitbahadurनवलपरासी,२० साउन–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारुलाई प्रहरीले कडा सुरक्षा दिएको छ ।

मोदीसँगै आइतबार काठमाडौं आएर हायात होटलमा पारिवारिक मिलन गरेपछि मोदीले उनलाई अब नेपालमा बस्छौ की म सँगै जान्छु भनेर सोधेका थिए । जवाफमा जितबहादुरले  हजुरसँगै जान्छु भने । मोदीले त्यसपछि केही दिन बसेर दिल्ली आउनु भनेकाले आफू घर आएको बताए ।

उनी आइतबारराति कावासोती नगरपालिका –१ स्थित घरमा आएका हुन् । उनले सोमबार बिहानैदेखि घरमा सर्वसाधारणको भिड लागेको जवाफ दिए । सादा पोशाकका सुरक्षाकर्मी उनको सुरक्षामा खटिएका छन् । उनी साउन ३० गते दिल्ली फर्कनेछन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us