शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस पल्टियो

काठमाण्डु टुडे २०८० मंसिर ३ गते १९:०७ मा प्रकाशित

इलाम, ३ मंसिर– इलाममा विद्यार्थी सवार बस दुर्घटना भएको छ ।

जनकपुरबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस इलामको कन्यामबाट फर्कने क्रममा आइतबार साँझ पल्टिएको हो ।

ना६ख ८४२४ नम्बरको बस मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट तीन सय मिटर तल खसेको इलाम प्रहरीका एसपी दिलिप घिमिरेले बताए । घिमिरेका अनुसार बसमा विद्यार्थी र शिक्षक गरी ३७ जना सवार थिए ।

बसमा सवारमध्ये ३६ जनाको उद्धार गरी उपचारका लागि बिर्तामोड पठाइएको छ । बसमा च्यापिएका एक जनाको भने उद्धार प्रयास जारी छ ।

घाइतेमध्ये केही अवस्था गम्भीर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us