भैंसीसँग ठोक्किएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाण्डु टुडे २०८० कार्तिक ३० गते १३:०१ मा प्रकाशित
झापा, ३० कात्तिक– झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ सहिदगेट नजिकै को२१प ७७ नम्बरको मोटरसाइकल भैँसीसँग ठोक्किँदा चालक मोरङ सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायो मगरको मृत्यु भएको हो ।