
कञ्चनपुर, २८ कात्तिक– प्रहरीले कञ्चनपुरबाट जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
थापाका अनुसार भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई तीन लाख ५ हजार नगदसहित पक्राउ गरिएको छ ।
यस्तै बाँसखेडाबाट २ लाख ५८ हजार नगदसहित २८ जना, भीमदत्त–१६ मझगाउँबाट २५ हजार नगदसहित ६ जना, बेलौरीबाट २२ हजारसहित ८ जना पक्राउ परेका छन् ।
चाडपर्वका नाममा अनधीकृत रुपमा जुवा तास खेल्नेलाई सुष्म निगरानीमा राखिएको उनले बताए । कञ्चनपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।