
काठमाण्डु, २५ कातिक– आज शनिबार दिउँसो काठमाण्डु उपत्यकामा हल्का वर्षा भएको छ ।
उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिएका छन ।
उनले भने, ‘उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन, अबको दुई–तीन घण्टामा वर्षा रोकिएर काडमाण्डुको आकास खुल्नेछ ।’
पछिल्लो एक घण्टामा काठमाण्डु बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले जानकारी दिएका छन ।
मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए ।
आज बिहान लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।