
काठमाण्डु, २५ कातिक– काठमाण्डु महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन अनुरोध गरेको छ ।
आज (शनिवार) काठमाण्डुमा पत्रकार सम्मेलन गरी काठमाण्डु महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।
शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख राजु पाण्डेले जानकारी दिएका छन ।
उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने जानकारी दिएका छन । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताएका छन ।
उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताएका छन । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए ।