भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको ११ बुँदे ध्यानाकर्षण

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, २५ कातिक– जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमणबाट फर्कपछि कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शनिबार प्रधानमन्त्रीलाई उनकै निवास बालुवाटारमा भेट्दै महामन्त्रीद्वय थापा र शर्माले राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेसहितका सुझाव दिएका हुन् ।

राहत वितरण गर्दा नेतृत्व स्थानीय तहको र समन्वय सर्वदलीय संयन्त्रको नीतिलाई हरेक वडा तहसम्म पालना गर्न समेत उनीहरुले सुझाव दिएका छन् । गत शुक्रबार जाजरकोटको रमीडाँडा केन्द्रबिन्दु भएर ६ ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

उक्त भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमणबाट फर्कपछि उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाए हुन ।

त्यस्तै चिसो बढ्दै गएको समयमा सुत्केरी, बालबालिका, वृद्धवृद्दा र अपांगता भएका नागरिकलाई चिसोले थप कष्टकर अवस्थामा पुर्‍याउने भएकाले मंसिर मशान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us