तिहार तथा छठ विदामा पनि मानव अधिकार आयोग खुला रहने

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– तिहार तथा छठको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय खुलने भएका छन् ।

कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहेने भएको छ । आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us