गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १७:४० मा प्रकाशित

काठमाण्डु, २४ कातिक– नेकपा माओवादी कन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदै गएको बताएका छन ।

आज (शुक्रबार) दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताएका छन ।

उनले भने, ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ । महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ।

त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ।

विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ।’ प्रधानमन्त्रीले रोल्पाको सहिद स्मृति सडक निर्माण, कृषि, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायतमा सहयोग गर्न आफू तयार रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us