रास्वपाले मंसिर २ देखि ४ सम्म घरदैलो गर्ने

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगमी २ मंसिर देखी ४ मंसिरसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ ।

आज शुक्रबार पार्टी मुख्यालय बालाजुमा बसेको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जानकारी दिएको छ ।

रास्वपा महामन्त्री मुकुल ढकालले भने, ‘निर्वाचन सकिएको एक वर्ष भएको छ । जनताका सुझाव सुन्न जान लागेका हौं,’ महामन्त्री मुकुल ढकालले भने,‘तपाईहरुसँगै छौ भन्न जान लागेका हौं ।’

कात्तिक २२ र २३ गतेका लागि तय भई स्थगित गरेको केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा गर्न लागिएको पनि उनले बताएका छन ।

उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने महामन्त्री ढकालले जानकारी दिए । छलफलको एजेण्डामा सभापति रवि लामिछाने राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us