एसईईको फारम मंसिर मसान्तसम्म भर्नुपर्ने

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले परीक्षा आवेदन खुला गरेको छ ।

कार्यालयले २०८० मा हुने एसइइको लागि कक्षा १० मा अध्ययनतरत नियमित ( माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेत) ले शुक्रबार (२४ कात्तिक) देखि मंसिर मसान्त भित्र फारम भर्नुपर्ने कार्यलले जानकारी दिएको छ ।

मंसिर मसान्तभित्र फारम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित १५ पुषभित्र फारम भर्न भराउन सकिने कार्यालयले जानकारी दिएको छ ।

फारमको लागि आवश्यक कागजात सहित नियमित तर्फ पाँच सय र विलम्ब तर्फ एक हजार शुल्क तिर्नुपर्ने कार्यलले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us