
काठमाण्डु, २४ कातिक– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अब छिटैनै टुंगिने बताएका छन ।
आज (शुक्रबार) सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने पनि दाबी गरेका छन ।
प्रधानन्यायाधीश श्रेष्ठले आफूले छोटो समयमा पनि न्यायप्रतिको सक्रियता बढाउने काम गरेको बताएका छन ।
उनले महिलाहरु वादी भएका अंश मुद्दाहरु र नाताकायम मुद्दा छिटो छरितो गर्न अब चाँडै नै काठमाण्डु जिल्ला अदालत बाहेकका अदालतमा पनि सुरु गर्ने पनि बताएका छन ।
प्रधानन्यायाधीश श्रेष्ठले केही जिल्लाहरुमा भिडियो कन्फ्रेन्सबाट बहस व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको बताएका छन ।
उनले जुम्ला इजलास, धनकुटा इजलास, माइनगर इजलास र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यवस्थापन गर्ने तयारी रहेको बताएका छन ।
उनले साना व्यवस्थापकीय कार्यबाट अनियमिततालाई कमी गर्न सकिने योजनाअनुसार अघि बढिरहेको बताएका छन ।